रामचन्द्र न्यौपाने पुस २५, डोल्पा । टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु सिंहदरबार पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिए । सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ…