पुस २९, सुर्खेत । कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट ५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ शैयाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण…