माघ ४, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो । सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउन ‘क्लिन एण्ड…