बैशाख १८, बेझाड । रामपुर नगरपालिका– १०को हेक्लाङफाँटलाई ‘स्मार्ट कृषि गाउँ’ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमले हेक्लाफाँटका ४ सय ९४ रोपनी क्षेत्रलाई ‘स्मार्ट कृषि गाउँ’ बनाउन लागेको हो । गाउँमा तरकारी र मकैखेतीलाई प्राथमिकता दिइएको छ । ४ वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममा रामपुर नगरपालिका–१० का दुई वटा गाउँका ८४ घरधुरीका कृषक आवद्ध छन् ।…