दमौली । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी गाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि जुटेका छन् । पाथर्दीलाई व्यवस्थित र नमुना गाउँ बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको डिपिआरका लागि स्थानीयवासीले देउसीभैलोबाट रकम सङ्कलन गरेका हुन् । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा गाउँमा नै देउसीभैलो खेलेर दुई…