कृष्ण आचार्य भरतपुर । चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् ।…