वैशाख १६, बलेवा । बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् । समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका ३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन् । आमा समूहमार्फत् श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले दुई लाख अनुदान दिएको थियो । भवन निर्माणका…