जेठ १०, सुर्खेत । कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रुपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्थानीय तहलाई थप उत्पे्ररणा मिलोस् भन्ने उद्देश्यले प्रोत्साहन रकम वितरण गर्न थालेको हो । सरकारले आर्थिक वर्ष २०७५÷७६ मा विकृतिमुक्त पालिकालाई…