असोज २१, इटहरी । नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।…