कात्तिक १६, बुटवल । सीमान्तकृत र विपन्न समुदायको बसोबासका लागि ल्याइएको जनता आवास कार्यक्रमलाई प्रदेश नं ५ ले कार्यान्वयन गर्ने भएको छ । प्रदेश नं ५ मन्त्रिपरिषद्को आजको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी…