उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाले मौलिक पहिचान झल्कने एकतले पाँचकोठे भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो । ८० लाख रुपैयाँमा निर्माण भएको नयाँ भवनबाट कार्यालय सञ्चालन सुरू गरिएको वडाध्यक्ष रिनजिनदोर्जे विष्टले बताए । लोमान्थाङको मौलिक पहिचान झल्कने गरी पर्खाल बनाइएको भवनमा फरक किसिमको झ्याल,…