निरा गौतम रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नं को यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए । ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय…