पोखरा, २० भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको शहीदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ । जिल्ला समन्वय समितिको एक करोड ३० लाखको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिए । पुल बनेसंगै शहीदचोकबाट लेकसाइड, बैदाम, हल्लनचोकतिर सवारीसाधन आवतजावत गर्न…