भद्रपुर । झापाको मेचीनगर नगरपालिका ६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको ६५ हजार फिर्ता गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गरेको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले…