असार १०, दमौली । तनहुँको व्यास नगरपालिकाले एक अर्ब ३८ करोड तीन लाख २५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको नगरसभामा नगरउपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । सडक र नालातर्फ २७ करोड २३ लाख ६५ हजार, खानेपानीतर्फ चार करोड ४७ लाख…