पुस १६, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ । चैत महीनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने १०० सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक…