पुस २१, पोखरा । बर्षैं देखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् । युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सो वडामा ‘रामकोट सोलार लिप्टिङ खानेपानी परियोजना’ निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ । गाउँपालिकाको कुडुले खोलाबाट ७ सय ५० मिटरको उचाइमा…