भद्रपुर । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई…