असोज २७, मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैँले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहर सो खोलामा…