असोज २६, काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आर्थिक पत्रकार समाजद्वारा पुनःनिर्माणबारे आर्थिक पत्रकारका लागि धुलिखेलमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले भने, “आवास पुनःनिर्माण स्थानीय समिति बनाएपछि सोही समितिले अनुगमन गरी समस्या र चुनौतीबारे मूल्याङ्कन…