स्थानीय खबर संवाददाता काठमाडौं, ६ फागुन संविधान जारी भए पछिका निर्वाचनहरूबाट महिला तथा सीमान्तकृत बर्गको नागरिकको प्रतिनिधित्व उत्साहजनक देखिएको र त्यसलाई अर्थपूर्ण बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । फ्रिडम फोरमले राजधानीमा गरेको कार्यक्रममा कार्यपत्र पेस गर्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले महिला तथा सीमान्तकृत बर्गका जनप्रतिनिधीहरूको क्षमता अभिबृद्धि गर्नु पर्नेमा…