वैशाख १५, दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन…