२१ माघ, बागलुङ । बागलुङ नगरपालिकाद्वारा आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ विजेता बनेको हो । खेल शुरु भएको पहिलो मिनेटमै सफल थापाले गरेको गोल नै वालिङको जितका लागि निर्णायक बन्यो…