२४ माघ, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा बसेको प्राधिकरण, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण ९हाउस पुलिङ० प्रणालीका माध्यमबाट बस्ती…