कुमार चौलागाई २७ चैत, काठमाडौं । भ्रष्टाचार न्युनीकरण र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण औजारका रुपमा रहेको सूचनको हक कार्यान्वयन गर्न जनप्रतिनिधिहरूले नै आनाकानी गरिरहेको एक अध्ययनले देखाएको छ । लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा अहिले जनप्रतिनिधिले नेतृत्व गरिरहे पनि उनीहरूले सूचनाको हक कार्यान्वयनमा चासो देखाएको देखिँदैन । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि…