१९ चैत, धनकुटा । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् । धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम ८ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने…