माघ ३, दमौली । तनहुँको भानु नगरपालिका ९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिए । उनले भने, “सडकमा श्रमदान गर्नका लागि एक हप्तादेखि दैनिक ५०० का दरले स्थानीयवासीले श्रमदान गरिरहेका छन् ।…