वैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका काम जिम्मा लिएको छ । साकेला…