१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै सरकारी कार्यालय स्थानीय तहमा पु¥याएपछि जिल्ला सदरमुकामलाई के गर्ने ?



कार्यपत्र प्रस्तुत गर्दै बिकेन्द्रिकरण विज्ञ कृष्णप्रसाद सापकोटा । तस्बीरः स्थानीय खबर 
  • स्थानीय खबर संवाददाता 

रामेछाप, ७ कात्तिक


“सबै सरकारी कार्यालय स्थानीय तहमा पु¥याए पछि जिल्ला सदरमकुामलाई के गर्ने ? एउटै सदरमुकाममा अर्बौं रुपैयाँ लगानी भइसक्यो । ७५ जिल्ला सदरमुकाका सरकारी भवन, नागरिकका घर, सार्वजनिक पूर्वाधार खाली राख्ने ?”
यो जिज्ञाशा रामेछाप जिल्ला सभापति लवश्री न्यौपानेको हो । गाउँपालिका र नगरपालिकामा बिषयगत सरकारी कार्यालय पुगेपछि सदरमुकाममा चहलपहल घट्ने र आर्थिक मन्दी आउने उनको निष्कर्ष छ । साथै जिल्ला सदरमुकामको रौनक नघट्ने गरि स्थानीय तह पुनर्संरचना गर्न पनि माग गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका बिकेन्द्रीकरण विज्ञ कृष्णप्रसाद सापकोटाले जवाफमा भने, “चिन्ता गरिहाल्नु पर्ने अबस्था छैन । संविधानमा जिल्ला समन्वय समिति, जिल्ला अदालत, जिल्ला अदालतको व्यवस्था छ ।” 
स्थानीय तहबाटै सेवा लिन सक्ने भएपछि सदरमुकाममा चहलपहल स्वभाविक रुपमा घटे पनि आत्तिन नहुने सापकोटाको सुझाव छ । स्थानीय तह पुर्नसंरचना गरेपछि मुलुकले दोहोरो फाइदा पाउने सापकोटाको दाबी छ । 
“कतिपय खाली भएका सदरमुकाममा प्रान्तका संरचनाहरू राख्न सकिन्छ । नभए नयाँ तरिकाले उपयोग गर्ने अबसर आउँछ,” सापकोटाले भने, “७ सय ४४ वटा स्थानीय तह बने सबैमा नयाँ सदरमुकामहरू बन्छन् । जसले आर्थिक केन्द्रहरूको बिस्तार हुन्छ ।” 
कार्यक्रम गाउँ विकास समिति राष्ट्रिय महासंघले आयोजना गरेको हो । महासंघले विभिन्न जिल्लामा स्थानीय तह पुनर्संरचनासम्बन्धि कार्यक्रमहरू आयोजना गरिरहेको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार ००:००