१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुइनमुक्त बन्यो काभ्रे



काभ्रे र सिन्धुलीको दुम्जा गाविस जोड्न सस्पेन सन ‘एन’ आकारको झोलुङ्गे पुल 

  • स्थानीय खबर संवाददाता 

मंसीर, ५ काभ्रे 
तुईनको भएका ठाउँहरूमा झोलुङ्गे पुल बनेपछि काभ्रे तुइनमुक्त जिल्ला बनेको छ । काभ्रेको बोल्देफेदिचे र बिर्तादेउराली गाविस जोड्ने सुनकोशी नदी माथिको तुइन समेत प्रयोगमा नआएपछि जिल्ला तुइनमुक्त बनेको हो । 
अरू नदीहरूमा रहेको तुइन पनि बिस्थापित गरि पुल निर्माणको काम सुरू गरिएको काभ्रे जिविस झोलुङ्गे पुल निर्माण शाखाले जनाएको छ । जिविस र र विभिन्न गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा पुल निर्माण भइरहेका हुन् ।
काभ्रेको रहेको इन्द्रावती र चौरीखोलाको तुईन यसअघि नै झोलुङ्गे पुलले विस्तावित गरिसकेको छ । झोलुङ्गे पुल बनेसगैँ तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयबासीको बाध्यता टरेको छ । “कुनै पनि नदी तथा खोलामा रहेका तुइन सञ्चालनमा छैनन्, शाखाका सब–इन्जिनियर रुपेन्द्र अधिकारीले भने “नयाँ बन्नुपर्ने पुलको समेत सर्भे सकिएको छ ।” 
चालु आर्थिक वर्षमा क्रमागत योजनाअन्तर्गत ७ वटा पुल निर्माणको काम चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरेका थिए । 
शाखाले ्तीन महिना लगाएर जिल्लाका सबै झोलुङ्गे पुलहरुको अवस्थाको विस्तृत अध्ययन गरिसकेको छ । अध्ययनअनुसार जिल्लामा ११० वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । जसमा १८ वटा झोलुङ्गे पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै २५ वटा पनि मर्मतको सुचिमा परेको शाखाले जनाएको छ । जिल्लामा सस्पेनडेड ‘डी’ र सस्पेन सन ‘एन’ आकारका झोलुङ्गे पुलको संख्या अत्याधिक छ । एलएसटिवि मोडलमा पनि पुल बनेका छन् । 
सबैभन्दा बढी रोशीखोलामा २२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म धेरै ७ वटा झोलुङ्गे पुल पनौती नगरपालिकामा निर्माण भएको छ । यस्तै बुढाखानी गाविसमा ६ वटा झोलुङ्गे पुल निर्माण भएको अधिकारीले बताए । 
काभ्रे–सिन्धुलीको पोखाजोर, काभ्रे–रामेछापको चौरीखोला, सुनकोशी नदी, वाग्मती, डाँडापारीको खरनी खोला, कोइली खोला, बनखु खोला, पुन्यमाता, वाफल खोला, लड्कु खोला, आँसी खोला, ठाडेखोला, अंधेरी दोभान, झिगु खोला, आँकुरा खोला, पार्वती खोला, डाँफे खोला, खहरेघाट, चा खोला, च्याउची खोला, चरङ्गे लगायतका खोलाहरूमा झोलुङ्गे पुल निर्माण भएका छन् । 
प्रतिमिटर ३० देखि ३५ हजार सम्म खर्च हुने एउटा झोलुङ्गे पुल निर्माण हुन एकदेखि ३ वर्षसम्म लाग्ने गरेको प्रविधिकहरू बताउँछन् । जिल्लामा निर्माण भएका मध्ये शिखर अम्बोटे गाविस–९ र खनालथोक गाविस–९ जोड्ने सियाले झोलुङ्गे पुल महिलाको नेतृत्वमा निर्माण पूरा भएको हो । 
जिल्लामा झोलुङ्गे पुलको संख्या बढ्दै गएपछि जिविसले धमाधम तालिम दिएर ‘हेरालु’ नियुक्ति गर्न थालेको छ । हालसम्म ३४ जना नियुक्ति गरेको जिविसले जनाएको छ । सम्बन्धीत उपभोक्ताबाट छनौट गरिएका हेरालुलाई दुई दिनको तालिम दिइन्छ  । 
हेरालुले पुलको सामान्य मर्मत, जारपात उखेल्ने, पुल वरिपरि दिसापिसाब गर्न नदिने काम गर्दै आएका छन् । ठूला समस्या देखिए इन्जिनियरलाई खबर गर्छन् । 
अहिलेसम्म निर्माण भएकामध्ये मकवानपुरको बेतिनी र काभ्रेको साल्धारा गाविस जोड्ने पुलको लम्बाई सबैभन्दा बढी छ । त्यस पुलको १६८.१२ मिटर र १०० सेन्टिमीटर छ । 
काभ्रेमा सस्पेनडेड ‘डी’ मोडलमा निर्माण गरिएको झोलुङ्गे पुल 
 तस्बिर सौजन्य– जिविस काभ्रेको झोलुङ्गे पुल निर्माण शाखा

प्रकाशित मिति : ५ मंसिर २०७३, आइतबार ००:००