२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकटताका बाबजुद गाउँ पुगे बैंकहरू



काठमाडौं । अझै पनि २१ वटा गाउँपालिकामा सडक पुगेको छैन । केही सडक खनेको भए पनि केन्द्रीय सडक सञ्जालमा जोडिएको छैन ।

स्थानीय पूर्वाधार विकास विभागका अनुसार २ सय गाउँपालिकाको केन्द्रसम्म सडक पुगे पनि अझै कालोपत्रे भएको छैन । यी पहाडी र हिमाली क्षेत्रमा बर्षयामको बेला बाटो अबरुद्ध हुँदै आएको छ ।

यस्तो अवस्था भए पनि अधिकांश स्थानीय तहमा बैंक स्थापना भएको छ । सामाजिक सुरक्षा भत्तासमेत बैंकबाटै बितरण हुन थालेको छ ।

बैंकर्स एसोशिएसन नेपालका अध्यक्ष अनिल उपाध्यायले भने, “हेलिकप्टरबाट सामान ओसारेर भए पनि हामी स्थानीय तहमा पुगेका छौँ ।”

‘स्थानीय तहमा बैंक पुगे पछि कर्जा बिस्तार भएको छ’

नेपाल राष्ट्र बैंक र बैंकर्स एसोशिएन नेपालका अनुसार बैंकिङ पहुँचमा उल्लेख्य बृद्धि भएको र अघिल्ला बर्षहरूमा भन्दा पछिल्ला बर्षहरू कर्जा बिस्तारले तीब्रता पाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, “स्थानीय तहमा बैंक पुगे पछि के के परिवर्तन आयो ? भनेर ठ्याक्कै अनुसन्धान गरेको छैन । तर बैंकिङ पहुँच बढेको र ऋण बिस्तार भएको स्पष्ट देखिन्छ ।”

उपाध्यायले पनि खाता खोल्नेहरूको संख्या बढेको र कर्जा बिस्तार भएको बताए । उपाध्याय भन्छन्, “बैंकिङ पहुँच बढेको छ । कर्जा बिस्तार भएको छ । अझ ई–बैंकिङमा जानै बाँकी छ । महशुस गर्ने खाले परिर्वतनहरू बिस्तारै आउँदैछ ।”

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार करिब ३४ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । त्यसमध्ये ३२ लाख लाभग्राहीको भत्ता बैंकिङ प्रणालीबाट भुक्तानी हुन थालेको छ ।

डेढ बर्षयता करिब ५ स्थानीय तहले बैंकबाट भत्ता बितरण गर्न थालिएको छ । डेढ बर्षयता मात्रै करिब २२ लाखभन्दा धरै लाभग्राहीले बैंकबाट भत्ता लिन थालेका छन् । साथै भत्ता लिने बृद्धबृद्धाहरूले पनि बैंकबाट भत्ता लिन थालेसँगै बचत हुन थालेको बताएका छन् ।

स्थानीय तह र बैंकबीच हातेमालो

नेपाल राष्ट्र बैंकका अनुसार जाजरकोटको जुनीचाँदे, धादिङको रुबीभ्याली र बझाङको साईपाल गाउँपालिकामा बैंक स्थापना गर्न बाँकी छ । १५ स्थानीय तहमा बैंक खुल्ने प्रक्रिया चलिरहेको छ ।

“स्थानीय तह र बैंकहरू सहकार्य गरेरै काम गरिरहेका छौँ । बैंकमा भीड नहोस् भनेर क्लष्टर मिलाएर भत्ता बाँड्न, लाभग्राहीसम्म भत्ता पु¥याउन स्थानीय तहले सहयोग गरिरहेका छन्,” एसोशिएसनका अध्यक्ष उपाध्यायले भने, “आवश्यकता अनुसार स्थानीय प्रशासन र प्रहरीसँग पनि समन्वय हुँदै आएको छ ।”

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ००:००