१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्




गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए ।

छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए ।

त्यस्तै गौशाला नगरपालिका ११ का विन्देश्वरप्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको बीमा गराउनका लागि कार्यालयमा तीन पटकसम्म धाइसकेका छन् । चर्को घाममा श्रीमतीसहित काखमा बच्चालाई बोकेर आएका विन्देश्वरको मुहारमा काम नहुने हो कि भन्ने निराशा छाएका थिए । आफूले तीनपटकसम्म कार्यालयमा आएर छोरीको बीमा गराउनका लागि गरिएको प्रयास असफल भएपछि उनी र उनकी श्रीमती निराश भई बसेका थिए ।

जन्मदर्ता बनाउने क्रममा वडा सचिवले आपूmलाई जानकारी दिँदा छोरीको बीमा गराउनका लागि आएका गौशाला–५ का अनिल साह रौनियारले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको जनाएका छन् । जेठ २८ गते जन्मिएकी छोरी आनन्दी कुमारीको बीमा भएपछि आपूmले फुर्सद पाउने सोचमा उनी लामो प्रतीक्षामा बसिरहेका थिए ।

घरघरमा गई छोरीको बीमा गराउनका लागि मुख्यमन्त्रीले निर्देशन दिँदासमेत स्वयमसेवक गाउँमा नजाँदा आपूmजस्ता अनेकौँ अभिभावक समयमा जानकारी नपाएर छोरीको बीमा बनाउन नसकेको गौशाला ५ का गर्विदयाल साहले बताएका छन् ।

घरघरमा नभएपनि कम्तीमा वडा कार्यालयसम्म पुगेर छोरी बीमा गराउँदा सर्वसधारणलाई सुलभ हुने कार्यालयका योजना शाखामा कार्यरत वडा सचिव धर्मराज वस्नेतले बताएका छन् । नगरपालिकाको कार्यालयमा छोरी बीमा गराउनका लागि महिनाको १० गते र कुनै कुनै महिनामा मात्र दुई पटकसम्म बिमक आउने गरेको बस्नेतले बताएका छन् ।

मुख्यमन्त्रीले ल्याएको छोरी बीमा कार्यक्रम प्रचारप्रसारको कमीको कारण नगरपालिकामा खासैरुपमा उपलब्धि हासिल हुन नसकेको नगरप्रमुख शिवनाथ महतोले बताएका छन् । आपूmले नगरपालिकाका स्थानीयलाई प्रतिनिधि बनाएर पठाउनका लागि मुख्यमन्त्रीलाई गरेको आग्रहको कुनै सुनवाई हुन नसकेको नगरप्रमुख महतोले जनाएका छन् ।

कार्यक्रम मुख्यमन्त्रीको मातहतमा रहेकोले यसमा आपूmले कुनै संशोधन गर्न नसकिने बताउँदै नगरप्रमुखले सर्वसधारणको सुलभ र सरल ढंगले सेवाप्रदायक बनाउनका लागि प्रयासरत रहने प्रतिवद्धता जनाएका छन् ।

यस सम्बन्धमा बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमका प्रदेश नं २ का संयोजक प्रियंका यादवले स्वयमसेवकलाई दिइने नियुक्तिपत्रमा नीति नियमलगायतका शर्त संशोधन गर्नुपर्ने भएकोले तत्कालका लागि नविकरण गर्ने कार्य रोकिएको जनाएकी छिन् ।

नियुक्तिपत्रमा घरघरमा गएर कार्यसम्पादन गर्नका लागि निर्देशन दिएता पनि कम्तीमा वडा कार्यालयसम्म गएर जनतालाई सुलभरुपमा सेवा सुविधा दिनुपर्नेमा संयोजक यादवले धारणा राखेकी छिन् ।

प्रदेश नं २ को सरकारले प्रदेशभरिमा गत माघ १ गतेदेखि ल्याएको सो अभियान प्रदेशभरिका गाउँगाउँमा सञ्चालनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरले जनाएको छ । छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ एक लाख २५ हजार पाउनेछन् ।

छोरी शिक्षा बीमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष १३ हजार ६४६ र प्रभु बैंकले रु एक हजार दिनेछ । त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सङ्घीय सरकारले विशेष अनुदानस्वरूप प्रदेश सरकारलाई ५० करोड अनुदान दिएको छ । अभियानलाई तीव्रता दिन प्रदेशका आठ वटै जिल्लामा स्वयंसेवक नियुक्त गरिएका छन् । रासस

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार ००:००