६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीबाट ४ हजार घरमा क्षति



बाढीबाट महोत्तरीमा ४ हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट ७ हजार ९६३ घरमा आंशिक तथा ५ हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ ।

जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ ।

५ करोड रुपैयाँ बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन, केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ । पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ ।

बाढीले मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भङ्गहा नगरपालिका, एकडारा, महोतरी र पिपरा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको छ ।

बाढी र डुबानबाट माछापोखरीमा पूर्णरुपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ । बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएका छन् ।

उनीहरुले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माणलगायतमा राहतका लागि सरकारसँग माग गरेका छन् ।

रातु, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन् ।

यसबाट करीब २ लाख बसिन्दा प्रभावित भएका छन् । बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । रासस

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार ००:००