२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘गुणस्तरहीन विकासका कारण बाढी आयो’

लेखक स्थानीय खबर/संवाददाता ९ श्रावण २०७६, बिहिबार १ मिनेट पढाइ


गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरहीन विकासका कारण महोत्तरीमा बाढी आएको बताएका छन् ।

गत असार २८ गतेको बाढीले जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याएपछि आज गृह जिल्ला भ्रमण गर्न आएका मन्त्री पोखरेलले जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मलेन गर्दै जिल्लाको रातो, विग्हीजस्ता नदीमा गुणस्तरहीन तटबन्ध तथा बाँधका काम भएको टिप्पणी गर्दै सोही कारण जिल्लामा विनाशकारी बाढी आएको बताए । उनले नदीजस्तो संवेदनशील क्षेत्रमा सानो सानो टुकटीमा बजेट बाँडेर काम गराउँदा गुणस्तरहीन काम गरिएकाले बाढीले तटबन्ध र बाँध कटान गरी गाउँ बस्ती डुबानमा पार्नुका साथै मानवीय क्षति पु¥याएको प्रष्ट्याए ।

मन्त्री पोखरेलले बाढीबाट प्रभावित जिल्लावासीलाई स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । उनले स्थानीय सरकार तुरुन्त पीडित कहाँ पुगेर आवश्यक सहयोग गर्न, प्रदेश सरकारसँग सहयोग माग्न र सङ्घीय सरकारले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।