६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैं महानगरमा ब्रुमर सञ्चालन गर्न एक साता लाग्ने




असार ६, काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान बु्रमर सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ ।

गत आइतबार चीनको छेन्दु नगरले कामपालाई ब्रुमर प्रदान गरेको थियो । ब्रुमर सञ्चालन गर्ने रुट, त्यसको चालक र सहचालक तथा केही यन्त्र जडान गर्नुपर्ने भएकाले यसको सञ्चालनमा अझै केही समय लाग्ने कामपाले जनाएको छ ।

यो ब्रुमर युरो पाँच मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डङ्गोलका अनुसार ८ दशमलव ६ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाई भएका त्यो ब्रुमरमा दुई वटा इञ्जिन छन् । ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५ दशमलव ८ मेट्रिक टन तौल भएका दुबै बु्रमरले ७ घनमिटर धुलो सङ्कलन गर्ने र नौ घनमिटर पानी बोक्ने क्षमता राख्दछ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने गर्दछ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । यस ब्रुमरको मूल्य दुई करोड २७ लाख ३७२ रहेको छ । आइतबार छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका थिए ।

यसैगरी गत वैशाख २८ गतेदेखि इटलीबाट ल्याइएको पाँच वटा बु्रमर सञ्चालन भइरहेको कामपाले जनाएको छ । चीनबाट ल्याइएको दुई बु्रमरसहित अब सात बु्रमर सञ्चालन हुने कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हरेक दिन साँझ आठ बजेदेखि विहान चार बजेसम्म पाँच वटा रुट निर्धारण गरी बु्रमर सञ्चालन हँदै आएको छ । उक्त ब्रुमर दैनिक दशदेखि १२ टनसम्म धुलो सङ्कलन गर्दै आएको छ । सङ्कलन गरिएको उक्त धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

“सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्म करीब ४०० टन धुलो सङ्कलन गरिसकेको छ”, प्रमुख श्रेष्ठ भन्छन्, “सडकमा रहेका खाल्डाखुल्डी प्रमुख समस्याको रुपमा देखिएको छ । यसको समाधानका लागि सडक विभागलाई आग्रह गरिएको छ ।” नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण बु्रमर सञ्चालनमा समस्या देखिएको उनले बताए ।

उक्त यान्त्रिक कुँचो १० करोड ८० लाखमा ल्याइएको हो । पाँच ब्रुमरमध्ये चार १६ टन क्षमता बराबरका तथा एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् ।

यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेको छ । रासस

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ००:००