१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समपुरक अनुदानबाट वाणगङ्गा नगरपालिकामा ४ योजना छनोट



माघ २५, जीतपुर । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा प्रदेश सरकारले सडक निर्माणका लागी ४ वटा योजना छनोट गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको समपूरक अनुदान मार्फत योजना छनोट भएको हो ।

नगरका वडा नं १, ३, ४ र ७ बाट विभिन्न क्षेत्रमा जाने सडकको कालोपत्रेका लागी मन्त्रालयले ५० र नगरको ५० प्रतिशत लागत सहभागिता रहनेछ । कुनै सडकमा भने उभोक्ताको पनि लागत सहभागिता रहनेछ ।

नगरवाट माग भएअनुसार मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रिस्तरको निर्णयअनुसार ४ वटा सडकका लागि २ करोड ५० लाख रुपैया विनयोजन भएको छ । उक्त रकममध्ये प्रदेश मन्त्रालयबाट १ करोड २५ लाख रुपैयाँ, स्थानीय तहबाट ४५ लाख रुपैयाँ र उपभोक्ता समितिबाट ८० लाख ८६ हजार रुपैयाँको लागत सहभागिता रहनेछ ।

यसरी कपिलवस्तु जिल्लासहित प्रदेशका १२ जिल्लामा ७१ योजना छनोट भएका छन् । छनोट भएका योजना समपूरक अनुदान कार्यविधि २०७५ बमोजिम सञ्चालन हुने तथा खरीद तथा आर्थिक प्रशसानसम्बन्धी कानुनअनुसार कार्यान्वयन हुने वाणगङ्गा नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिP । उgका अनुसार बोडगाउँ, मधुवन पावर अर्घाखाँची सडक कालोपत्रेका लागि बोलपत्रअनुसार प्रक्रिया अघि बढfpg] tof/L eO/x]sf] 5 . cGo of]hgf eg] उपभोक्ता समितिमार्फत सञ्चालन हुनेछ । /f;;

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ००:००