७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विज्ञहरू भन्छन्ः स्थानीय तहमा अनावश्यक ऐन नबनाउँ, समस्या निम्तिन सक्छ



स्थानीय खबर संवादाता

स्थानीय तहले अनावश्यक ऐन बनाउन नहुनेमा विज्ञहरूले जोड दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा आवश्यकता र औचित्यका आधारमा मात्र ऐन बनाउनु पर्ने बताए ।  संवैधानिक कानुनका ज्ञाता डा. चन्द्रकान्त ज्ञवालीले पूर्वतयारी गरेर मात्र कानुन बनाउनु पर्ने बताए ।

“आवश्यकताको पहिचान नगरि ऐन बनाउँदा समय र स्रोतको खेरा मात्र हुँदैन, अन्य ऐनसँग बाझिने सम्भवाना हुन्छ,” उनले भने, “कुन ऐन चाहिन्छ र कुन ऐन चाहिँदैन भनेर पूर्वअध्ययन गरेर मात्र ऐन जारी गर्नुपर्छ ।” साथै, बनाएको ऐन कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भनेर बिश्लेषण गर्नु पर्ने ज्ञवालीले बताए । कुनै अध्ययनविना नै मन्त्रालयले नमुना ऐनहरू बनाइरहेको उनको टिप्पणी छ ।

 

“ऐन बनाउँदा आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारबारे स्पष्ट हुनुपर्छ । ऐन बनाउने नीति स्पष्ट हुनुपर्छ,” उनले भने, “नीति बनाउँदा होस् वा ऐन बनाउँदा होस्, त्यसको केन्द्रबिन्दूमा नागरिक हुनु पर्छ । नागरिकलाई केन्द्रबिन्दू नराखिएको ऐन नियम आधुनिक राज्य प्रणालीमा काम छैन ।”

ऐन नियम बनाउँदा पूर्वअध्ययनको पक्ष अत्यन्तै कमजोर रहेको उदाहरण दिँदै ज्ञवालीले स्थानीय तहहरू पनि यही गल्ति दोहो¥याउन सक्ने आशंका उनको छ । “संविधान सभाले नागरिकसँग १ लाख ९५ हजार वटा सुझाव लिएको थियो । तर संविधान लेखनक्रममा जम्मा ५ सय वटा सुझाव अध्ययन गरियो । बाँकी रद्दीको टोकरीमा !” उनले भने । स्थानीय तहको ऐन निर्माणमा सहजीकरण गर्न केन्द्रस्तरमै अल्पकालिन समयका लागी आयोग गठन गर्नुपर्नेमा उनको जोड छ ।

नेपाल सरकारका पूर्व सचिव बालानन्द पाैडेलले संघीय सरकारले पछिल्लाे समय जारी गरेकाे एेनहरूसमेत बाझिएकाले यस्ताे समस्या स्थानीय तहमा पनि देखिन सक्ने बताए । संबैधानिक दायरा, स्थानीय अावश्यकताका अाधारमा मात्र एेन जारी गर्नु पर्नेमा उनले जाेड दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव छबि रिजालले पनि स्थानीय आवश्यकताअनुसार औचित्य पहिचान गरेर मात्र ऐन निर्माण गर्नुपर्ने बताए । “मनाङको नारफू गाउँपालिका र काठमाडौं महानगरपालिको संबैधानिक हैसियत एउटै हो, दुवैले ऐन बनाउन पाउँछ,” उनले भने, “नारफूलाई काठमाडौंले जत्तिकै ऐन बनाउनु पर्दैन । आफ्नो स्थानीय आवश्यकता अनुसार जति चाहिन्छ, त्यत्ति बनाए पुग्छ ।”
सुकुल गुण्डा ऐन !
औचित्य र आवश्यकता विनाका ऐनलाई पूर्व सांसद कृष्णप्रसाद सापकोटाले सुकुल गुण्डा ऐनको संज्ञा दिए । “तामझाम गरेर अनेक थरिका ऐन बनाउने, कार्यान्वयन गर्दा आर्थिक क्षमताले नधान्ने, अरू ऐनहरू र संविधानसँग बाझिने भयो भने त्यसको कुनै अर्थ रहन्न,” उनले भने, “देखिँदा ठिकठाक देखिने, वास्तविकतामा केही पनि नहुने सकुल गुण्डा ऐन बनाउन हुन्न । त्यसैले आवश्यकता र औचित्यको अध्ययन गरेर मात्र ऐन बनाउनु पर्छ ।”

महासंघका कार्यकारी निर्देशक विमल पोखरलले अहिले गाउँपालिकाहरूले ऐन जारी गरिरहेको र त्यसमा महासंघले समन्वय गरिरहेको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ००:००