१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीका नगरपालिकाहरूले संयुक्त रुपमा सवारी कर उठाउने



राजधानीका नगरपालिकाहरूले संयुक्त रुपमा एकीकृत कर संकलन गर्ने निर्णय गरेका छन् । कर संकलन गर्न ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेको संयोजकत्व व्यवस्थापन समिति गठन भएको छ । काठमाडौं महानगरपालिकाका राजश्व महाशाखा प्रमुख ध्रुब काफ्लेका अनुसार व्यवस्थापन समितिमा सबै नगरपालिकाको प्रतिनिधित्व रहनेछ । उनका अनुसार सबै नगरपालिकाका राजश्व महाशाखा प्रमुखहरू समितिमा रहनेछन् ।

“जस्तो भक्तपुरको यातायात कार्यालयमा नगरपालिकाले कर्मचारी राख्नेछन् । उसले उपत्यकाका जुनसुकै नगरपालिकाका सेवाग्राहीको सवारी कर संकलन गर्नेछन्,” उनले भने, “भक्तपूरले हाम्रो उठाउला, हामीले पनि भक्तपुरको उठाउँला ! प्रत्येक महिना समितिको बैठकले उपत्यकाको २२ नगरपालिकाबीच राजश्व बाँडफाँट हुनेछ ।” सवारी कर उठाउन ट्राफिक कार्यालय र ट्राफिकसँग पनि समन्वय भइरहेको बताए । दर्ता, नवीकरण, किनबेच वा फाईनान्स गर्दा नगरपालिकाको कर क्लियरेन्स भएपछि मात्रै यातायात कार्यालयले काम गर्नेछ । कर क्लियरेन्स नभए कर तिराउनेछ ।

साथै, ट्राफिकले पनि ब्लू बुक जाँच गर्दा नगरपालिकालाई सवारी कर तिरे÷नतिरेको हेर्नेछन् । नतिरेको भए तिराउने काफ्लेले बताए । “विगतमै पनि ट्राफिक र यातायात कार्यालयसँग आपसी समन्वयमा कर उठाउने सहमति भएको थियो, विविध कारणले ढिलाई भयो,” उनले भने, “अहिले पनि ट्राफिक र यातायात कार्यालयका अधिकारीहरू सकरात्मक हुनुहुन्छ । यसले सवारी कर छलीलाई पनि निरुत्साहित गराउनेछ ।”

सवारी कर संकलनले पुराना सवारी साधन विस्थापन गर्न पनि सहयोग पुग्ने काफ्ले बताए । सरकारले वातावरणीय प्रदुषणका कारण १२ बर्षभन्दा पुराना सवारी साधन हटाउन लागिएको उनले बताए । कर संकलनका क्रममा पुराना सवारी साधन पहिचान हुने भएकाले पनि सरकारलाई सझिलो हुने उनको निर्ष्कष छ । दर्ता, नवीकरणललगायतका कर दस्तुर यातायात कार्यालयलाई तिर्नु पर्ने भएपनि सडक मर्मत सम्भार नगरपालिकाले गर्नुपर्ने भएकाले नगरपालिकाले सवारी कर लिएको उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार ००:००