भीमदत्तनगर, ३ भदौ । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए । उनले हालसम्म डेढ लाख संकलन भइसकेको जानकारी दिँदै…