काठमाडौँ, काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ । शङ्खरापुर नगरपालिकामा आज (बुधबार) भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले जानकारी…