हेटौँडा । घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाले बढी नागरिकता लिएका छन्…