लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका ३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो । अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर…