कात्तिक २९, नेपालगञ्ज । पन्ध्र महीनामा सक्ने भनिएको नेपालगञ्ज बसपार्कको निर्माण कार्य तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । पन्ध्र महीनाभित्र निर्माण सक्ने गरी नेपालगञ्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्सबीच सन् २०१६ मार्चमा सम्झौता भएको थियो । निर्माण शुरु भएको अहिले तीन वर्ष बितिसक्दा झण्डै ५० प्रतिशत काम मात्र सम्पन्न भएको…