भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ । पूर्व–पश्चिम…