फागुन १९, दमौली । तनहुँको भिमाद नगरपालिका ५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १७० महिला र १७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् । स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ विसं २०७४ मङ्सिर २९ गतेबाट निर्माण शुरु भएको आमडाँडा खानेपानी आयोजना…