कृष्ण न्यौपाने चैत १३, दमौली । तनहुँको भिमाद नगरपालिका ९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पालेका छन् । उनले बाख्रापालनबाट वार्षिक दश लाखभन्दा बढी आम्दानी गर्छन् । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेकी छन् । उनको आम्दानी वार्षिक पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक…