ध्रुवसागर शर्मा चैत १६, गलेश्वर । म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् । अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित…