चैत २०, भद्रपुर । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार बढी घरधुरी लालपुर्जाविहीन रहेको हुँदा पहिलो चरणमा उनीहरुको लगत…