चैत २९, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका ४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१÷७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौँला भन्दै अहिले तीन वर्ष…