कृष्ण दवाडी वैशाख २५, कास्की । माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका किसानले ससाना टुक्रामा विभाजित जग्गालाई एउटै बनाएर खेतीपाती शुरु गरेका छन् । घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई मिसाएर सामूहिक खेती गर्न शुरु गरेका हुन् । यहाँका किसानले नौ आनादेखि सात रोपनीसम्मको जग्गा एकीकरण गरेर सामूहिक खेती गरी प्रदेशमै नमूना बन्ने अठोट लिएका छन् ।…