जेठ १०, पोखरा । पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि एक करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने…